Logo

एनआईसी एशिया र गुराँस लाईफबीच सम्झौता, बैंकका शाखामार्फत बीमा पोलिसी बिक्री

एनआईसी एशिया र गुराँस लाईफबीच सम्झौता, बैंकका शाखामार्फत बीमा पोलिसी बिक्री



काठमाडौं । एनआईसी एशिया बैंक र गुराँस लाईफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमका बीच उक्त सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार एनआईसीका ग्राहकहरुले देशभर फैलिएका २ सय ४१ शाखाहरुबाट गुराँस लाईफ इन्स्योरेन्सको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन ।

उक्त सम्झौतापत्रमा बैंकको कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले हस्ताक्षर गरेका हुन ।

बैंकले हाल देशभर २ सय ४१ शाखा कार्यालय, २ सय ३८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर तथा १८ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL