Logo

मुक्तिनाथले ल्यायो उच्च व्याजदरको ‘बरदान मुद्दति’ योजना, बार्षिक ५ लाख जम्मा गर्नुपर्ने

मुक्तिनाथले ल्यायो उच्च व्याजदरको ‘बरदान मुद्दति’ योजना, बार्षिक ५ लाख जम्मा गर्नुपर्ने



काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ बरदान मुद्दति’ योजना सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तरगत ग्राहकहरुले १ बर्ष अवधिमा न्युनतम ५ लाखदेखि निक्षेप राख्न सक्नेछन ।

यस्तै बैंकले उक्त योजना अन्तर्गत राख्ने निक्षेपमा बार्षिक ११ दशमलव ५० प्रतिशत व्याजदर प्रदान गर्ने जानकारी दिएको छ ।
उक्त योजना बैंकको देशभर फैलिएका आफ्ना ९५ वटै शाखा वाट उपलब्ध हुने छ ।

बैंकले आफ्ना ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स,आस्वा, भिसा डेबिट.कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL