Logo

एनआईसी एशियाको शाखा नौडाँडा र न्युरोडमा, शाखा संख्या २४१ पुग्यो

एनआईसी एशियाको शाखा नौडाँडा र न्युरोडमा, शाखा संख्या २४१ पुग्यो



काठमाडौं । एनआईसी एशिया बैंकले कास्कीमा २ वटा शाखा विस्तार गरेको छ ।

बैंकले पोखरा महानगरपालिकाको न्युरोड र अन्नपूर्ण गाउँपालिकाको नौडाँडामा बुधबार शाखा विस्तार गरेको हो ।

न्युरोड शाखाको संचालक राजेन्द्र प्रसाद अर्याल तथा नौडाँडा शाखाको संचालक बिनोद कुमार प्याकुरेलले उदघाटन गरेको हो ।

बैंकले २ सय ४१ शाखा, २ सय ३५ एटिएम, १४ एक्सटेन्सन काउण्टर तथा १८ वटा शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आई रहेको छ ।

बैंकको वासलातको आकार १ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ भने कुलनिक्षेप करिब १ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको कर्जा भने १ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL