Logo

गभर्नरलाई साक्षीराखेर एफएनसीसीआईले भन्यो, बैंकहरुको कार्टेलिङ र दादागिरी कहिलेसम्म ?

गभर्नरलाई साक्षीराखेर एफएनसीसीआईले भन्यो, बैंकहरुको कार्टेलिङ र दादागिरी कहिलेसम्म ?



काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले बैंक तथा वित्तीय संस्थाले ब्याजदर तथा कर्जा प्रबाहमा कार्टेलिङ गरेर उद्योग व्यवसायी धराशयी बनाएको आरोप लगाएको छ । महासंघले राष्ट्र बैंक गभर्नर डा. चिरञ्जीवी नेपाल, बैंकसं संघमा अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानालगायतका आफ्नै कार्यालयमा बोलाएर पछिल्लो समय बैंकहरुले ब्याजदर निर्धाणमा कार्टेलिङ गरेको आरोप लगाएको हो ।

पछिल्लो समय संगठनको नाममा नेपाल बैंकर्स संघमा आवद्ध २७/२८ वटा बैंकले ब्याजदरमा कार्टेलिङ गरेर उच्च ब्याजदर लगाएको नेपाल उद्योग बाणिज्य महासंघका बस्तुगत संघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले जानकारी दिए । ‘पछिल्लो समय बैंकहरुले आफुखुशी रुपमा मनोमानी रुपमा ब्याज बढाएका छन्,’ उनले भने, ‘बैंकले चाहिँ ४०/५० प्रतिशत आम्दानी गर्ने अनि उसैले लगानी गरेर उद्योग कलकारखानामा चाहिँ उच्च ब्याज लगाएर धराशयी बनाउने यो कसरी हुन सक्छ ?’

यसैगरी कार्यक्रममा महासंघका ३ नम्बर प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठले पछिल्लो समय बैंकहरुले उद्योगी व्यवसायीहरु माथी ज्याजदी गरेको आरोप लगाका छन् । ‘अहिले बैंकहरु ऋणीमाथी पहिलामा साहु महाजनले भन्दा पनि बढी दादागिरी देखाउन थालेका छन्,’ उनले भने, ‘कुनै ऋणीमाथी रिस उठ्यो कि बैंकहरु मिलेर अनावश्यक बहाना बनाएर कालोसूचीमा समेत राख्न थालेका छन् ।’

पछिल्लो समय कर्जा सुचना केन्द्र बैंकहरुलाई कार्टेलिङ गर्न बनाएको हतियार मात्र भएको समेत उनको आरोप थियो । ‘कर्जा सुचना केन्द्रको बारेमा राष्ट्र बैंकले पनि सत्यतथ्य सुचना लिन सक्नुपर्छ,’ उनले भने, ‘तर, पछिल्लो समय बैंक वित्तीय संस्थालाई राष्ट्र बैंकले नियमन गर्न नसक्दा उनीहरुको दादागिरी बढेको छ ।’

यसैगरी बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले बैंकले अर्बौ नाफा गरेको जस्तो देखिएपनि पूँजीको आधारमा नाफा धेरै नभएको जानकारी दिएका छन् । ‘अहिले बाणिज्य बैंकहरुको चुक्ता पूँजी र रिजर्भमा गरी १२/१४ अर्ब रुपैयाँ लगानी भएको हुन्छ,’ उनले भने, ‘त्यति लगानी गरेर २/४ अर्ब कमाउनु स्वभाविक हो ।’ समग्रमा बैंकको नाफा १६ प्रतिशत मात्र भएको समेत उनले जानकारी दिए ।

कार्यक्रममा गभर्नर नेपालले भने व्यवसायीको द्वैध चरित्रका कारण समस्या परेको जानकारी दिए । ‘कतिपय उद्योगी व्यवसायी तथा बैंकहरु राष्ट्र बैंकले नयाँ नीति अंगिकार गर्यो भने त्यसलाई विफल पार्न अर्थ मन्त्रालय तथा राजनीतिक दलका धाउने गरेका छन्,‘ उनले भने, ‘यदि तपाईहरुलाई समस्या पर्यो भने छलफलमा लागि राष्ट्र बैंक आउनुस हामी तयार छौं तर १० तिर धाउने काम बन्द गर्नुस ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL