Logo

विश्व बैंक र नेपाल सरकारबीच सम्झौता, सार्वजनिक वित्त व्यबस्थापनका लागि साढे १ अर्ब अनुदान

विश्व बैंक र नेपाल सरकारबीच सम्झौता, सार्वजनिक वित्त व्यबस्थापनका लागि साढे १ अर्ब अनुदान



काठमाडौं । नेपाल सरकार र विश्व बैंक नेपालबीच शुक्रबार एक सम्झौतामा हस्ताक्षर भएको छ ।

विश्व बैंक र नेपाल सरकारबीच सार्वजनिक वित्त व्यबस्थापन सुधार कार्यक्रम कार्यान्वयनका लागि १ अर्ब ६४ करोड रुपैयाँ बराबरको अनुदान सहायता दिने सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा अन्तरराष्ट्रिय वित्त सहयोग समन्वय ईकाइका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंक नेपालका कन्ट्री म्यानेजर फरीस एच हदाद जर्भसले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन ।

विश्व बैंकले गर्न लागेको उक्त सहयोगले नेपालको संघीय संरचनामा आर्थिक सहायताका लागि खर्च गरिनुका साथै विकासका प्राथमिकतामा परेका आयोजनामा पनि खर्च गरिनेछ ।्

उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा बोल्दै विश्व बैंकका कन्ट्री म्यानेजर हदादले विश्वबैंक संगको सहकार्यमा वित्त सुधार कार्यक्रममा अगाडी बढ्न लागेकोमा बधाई समेत दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL