Logo

सिभिल बैंकको सामाजिक उत्तरदायित्व, बाल विकास समाजलाई २ लाख सहयोग

सिभिल बैंकको सामाजिक उत्तरदायित्व, बाल विकास समाजलाई २ लाख सहयोग



काठमाडौं । सिभिल बैंकले बाल विकास समाजलाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै शुक्रबार एक कार्यक्रमकाबीच उक्त रकम बराबरको चेक हस्तान्तरण गरको हो ।

उक्त चेक बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यद्वारा बाल विकास समाजका अध्यक्ष सुवास गौतम र कोषाध्यक्ष सुरेन्द्र ढकाललाई संयूक्त रुपमा हस्तान्तरण गरिएको हो ।

देशको भविष्य युवा पुस्ताको हातमा रहेको कुरा मनन गर्दै बाल विकास समाजलाई यो सहयोग गरेको बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL