Logo

सिटी एक्सप्रेस र नेपाल क्लियरिङ हाउसबीच सम्झौता, अब सिटी एक्सप्रेसबाट पनि अन्तर बैंक भुक्तानी सेवा पाईने

सिटी एक्सप्रेस र नेपाल क्लियरिङ हाउसबीच सम्झौता, अब सिटी एक्सप्रेसबाट पनि अन्तर बैंक भुक्तानी सेवा पाईने



काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपाल क्लियरिङ हाउस बिच सम्झौता भएको छ ।

शुक्रबार एक कार्यक्रमका बीच उक्त मनी ट्रान्सफर  र क्लियरिङ हाउसबीच सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार नेपाल क्लियरिङ हाउसले सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई अन्तर बैंक भुक्तानी प्रणाली सेवा प्रदान गर्ने भएको छ ।

जस अनुसार अब सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट भुक्तानी हुने रेमिटान्स कारोबारहरु हितग्राहीको बैंक खातामा सिधै जम्मा हुने छ ।

सम्झौता अनुरुप अव बैंक भुक्तानी कार्य हरु सहज र सरल हुने बिश्वास बैंकको छ । उक्त सम्झौता पत्रमा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र सिटि एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन ले हस्ताक्षर गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL