Logo

एनआईसी एशियाको शाखारहित बैंकिङ सेवा रुपन्देहीको भुजौलीमा, सेवा संख्या १८ पुग्यो

एनआईसी एशियाको शाखारहित बैंकिङ सेवा रुपन्देहीको भुजौलीमा, सेवा संख्या १८ पुग्यो



काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो १८ औं बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले बुधबार एक कार्यक्रमका बीच रुपन्देहीको शुद्धोधन गाउँपालिकास्थित भुजौलीमा उक्त शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो ।

उक्त सेवाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष किसुन चन्द्र चौधरीले उद्घाटन गरेका हुन ।साथै उक्त सेवाको प्रतिनिधिका रुपमा बैंकले स्थानीय गंगा ढकाललाई नियुक्त गरेको छ ।

उक्त सेवाबाट सो क्षत्रका बासिन्दाले आफ्नै गाउँमा स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन ।

उक्त सेवामार्फत ग्राहकरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवाकोे महसुल भुक्तानी गर्नेलगायतका सेवा लिन सक्नेछन ।

बैंकले हाल देशभरका २ सया ३८ शाखा कार्यालयहरु, २ सय ३२ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL