Logo

प्राईमले खरिद गर्यो ओम डेभलपमेन्ट बैंक, एक हप्ताभित्रै डीडीए रिपोर्ट

प्राईमले खरिद गर्यो ओम डेभलपमेन्ट बैंक, एक हप्ताभित्रै डीडीए रिपोर्ट



काठमाडौं । प्राईम कमर्सियल बैंकले ओम डेभलपमेन्ट बैंक खरिदका लागि सम्झौता गरेको छ । यी दुई संस्थाबीच आईतबार एक्कुजिशन सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

उक्त सहमतिपत्रमा प्राइम कमर्सियल बैंककासञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र ओम डेभलपमेन्ट बैंककासञ्चालक समितिका अध्यक्ष सुशीलकुमार गोशलीले एक समारोहकाबीच हस्ताक्षर गरेका हुन ।

नेपाल राष्ट्र बैंकले प्राथमिकताका साथ जोड दिइरहेका विषयहरु मर्जर र एक्विजिसन, ग्रामीण क्षेत्रमा विशेषगरी कृषि क्षेत्रमा वित्तीय स्रोतको पहुँच वृद्धि, ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना, सीमित तर थप सुदृढ र सवल बैंकको रुपमा मुलुकको समग्र आर्थिक विकासमा सहभागिता बढाउने उद्देश्यले ओम डेभलपमेन्ट बैंकलाई एक्विजिसन गर्न सहमति उल्लेख छ ।

यसैगरी उक्त कम्पनीको ड्यु डेलिजेन्ट रिपोर्ट (डीडीए) गर्ने जिम्मा एसआर पाण्डे एण्ड कम्पनीलाई दिइएको छ । सो कम्पनीले न्युनतम ७ दिन र बढिमा १ महिनाभित्र डीडीए रिपोर्ट बुझाउने छ ।

ओम डेभलपमे प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या १ सय १६ पुग्नेछ ।

असार मसान्तको वित्तीय विवरण अनुसार कुल निक्षेप १ खर्ब रुपैयाँभन्दा बढी र कर्जा ८९ अर्बभन्दा बढी हुनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL