Logo

एनसीसी बैंक र सन नेपाल लाईफबीच बैंकान्स्योरेन्स सम्झौता, बैंकबाटै इन्सुरेन्स पोलिसी जारी

एनसीसी बैंक र सन नेपाल लाईफबीच बैंकान्स्योरेन्स सम्झौता, बैंकबाटै इन्सुरेन्स पोलिसी जारी



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र सन नेपाल लाईफ ईन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।

उक्त सम्झौतामार्फत एनसीसी बैंकले सन नेपाल लाईफ इन्स्योरेन्सको इन्सुरेन्स पोलिसी बिक्री गर्ने भएको हो ।

आईतबार भएको उक्त सम्झौतामा एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र सन नेपाल लाईफ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याललले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट सन नेपाल लाईफ ईन्स्योरेन्सको पोलिसी बिक्री गरिनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL