Logo

ज्योति विकास बैंक र देव विकास बैंक बीच सम्झौता, देव विकास बैंकका शखाबाट ज्योतिको रेमिट

ज्योति विकास बैंक र देव विकास बैंक बीच सम्झौता, देव विकास बैंकका शखाबाट ज्योतिको रेमिट



काठमाडौं । ज्योति विकास बैंक र देव विकास बैंक बिच एक सम्झौता भएको छ । आइतबार रेमिट सेवा प्रदान गर्ने सम्बन्धमा २ ओटा बैंकबिच सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा ज्योति विकास बैंकका प्रमूख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा देवस् विकास बैंकका प्रमूख कार्यकारी अधिकृत बिजय बहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन ।

उक्त सम्झौतापश्चात ज्योति विकास बैँकले संचालनमा ल्याएको ज्योति रेमिट सेवा देव विकास बैंकका सम्पूर्ण शाखाबाट प्राप्त गर्न सकिने भएको छ ।

हाल ज्योति विकास बैँक को ६० वटा शाखा रहेका छन भने यस आर्थिक वर्ष भित्र थप ३० शाखा संचालनमा आउदैछन ।

यस सम्झौतापश्चात देवस् विकास बैँकका ५१ शाखा कार्यालयबाट ज्योति रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL