Logo

बाणिज्य बैंकका सेयर लगानीकर्ताको बार्षिक कमाई ५ रुपैयाँ ९१ पैसा, मुद्दती निक्षेपमा राख्दा १२ रुपैयाँ

बाणिज्य बैंकका सेयर लगानीकर्ताको बार्षिक कमाई ५ रुपैयाँ ९१ पैसा, मुद्दती निक्षेपमा राख्दा १२ रुपैयाँ



काठमाडौं । बाणिज्य बैंकका सेयर लगानीकताहरुको आम्दानी साधारण निक्षेपमा दिईने ब्याजभन्दा न्युन रहेको छ । आर्थिक बर्ष २०७४÷७५ को वित्तीय विवरण सार्वजनिक गरेका २७ वटा बाणिज्य बैंकहरुको तथ्याङ्क अनुसार लगानीकर्ताले पाउने प्रति सय औषत लाभांस बाणिज्य बैंकले साधारण निक्षेपकर्तालाई दिने ब्याजभन्दा पनि कम देखिएको हो ।

तथ्याङ्क अनुसार बाणिज्य बैंकका लगानीकर्ताले आर्थिक बर्ष २०७४/७५ को नाफाबाट प्रतिसय औषत आम्दानी ५ रुपैयाँ ९१ पैसा पाउने भएका छन् । जबकि बाणिज्य बैंकको साधारण निक्षेमा पैसा राख्ने लगानीकर्ताले ८ प्रतिशत ब्याज पाउँदै आएका छन् भने मुद्दती निक्षेपमा राख्ननेले १२ प्रतिशतसम्म ब्याज पाएका छन् । उक्त तथ्याङ्कमा सर्वसाधारणलाई सेयर जारी गरेका बाणिज्य बैंकहरुलाई मात्र समावेश गरिएको छ । गत आबमा बर्ष उच्च आम्दानी गरेको राष्ट्रिय बाणिज्य बैंकलाई भने समावेश गरिएको छैन ।

वित्तीय विवरण अनुसार बाणिज्य बैंकको सेयरमा दिर्घकालिन लगानीगर्ने लगानीकर्ताहरु मार पर्ने देखिएको छ । आगामी दिनमा सेयरको मूल्य बढ्दा पूँजीगत लाभ लिने बाहेको अवस्थाामा उनीहरुको आम्दानी एकदमै न्युन देखिएको हो ।

वित्तीय विवरण अनुसार बाणिज्य बैंकहरुको प्रति सेयर आम्दानी (इपीएस) २३ रुपैयाँ ४३ पैसा रहेको छ भने औषत लाभांस क्षमता १८ रुपैयाँ ७० पैसा मात्र रहेको छ । त्यसैगरी बाणिज्य बैंकहरुको औषत मूल्य लाभांस क्षमता भने १६ रुपैयाँ ८९ पैसा मात्र रहेको तथ्याङ्कले देखाएको छ ।

यसैगरी बाणिज्य बैंकहरुको पीई अनुपात १३ रुपैयाँ ५१ पैसा रहेको छ । तर, आगामी दिनमा यस्तो अनुपात खुम्चिएर १२ रुपैयाँमा झर्न सक्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

गत आर्थिक बर्षको तथ्याङक अनुसार बाणिज्य बैंकमा सबैभन्दा बढि इपीएस नबिल बैंकको रहेको छ । सो बैंकको इपीएस ५२ रुपैयाँ रहँदा सबैभन्दा कम सिभिल बैंकको ८ रुपैयाँ ७६ पैसा मात्र रहेको छ ।

तर, पीई अनुपातमा भने सबैभन्दा अगाडी स्ट्याण्डर्ड चाटर्ड बैंक रहेको छ । स्ट्याण्डर्ड चाटर्ड पीई अनुपात २६ रुपैयाँ ९६ पैसा रहँदा सबैभन्दा बढि इपीएस रहेको नबिल बैंकको भने १८ रुपैयाँ ३५ पैसा रहेको छ । गत आर्थिक बर्षमा तथ्याङ्क सार्वजनिक गरेका बाणिज्य बैंकहरुमा सबैभन्दा कम पीई अनुपात नेपाल बैंकको ९ रुपैयाँ ५० पैसा रहेको छ ।

यसैगरी आर्थिक बर्ष २०७४/७५ को अन्तिम सेयर कारोबार मूल्य सबैभन्दा बढि नबिल बैंकको रहेको थियो । नबिल बैंकको प्रति सेयर मूल्य ९ सय ५७ रुपैयाँ रहँदा सबैभन्दा कम मूल्य सिभिल बैंकको १ सय ५१ रुपैयाँमा कारोबार भएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL