Logo

एनआईसी एशिया र नर्भिक हस्पिटलबिच सम्झौता, बैंकका कर्मचारीलाई उपचारमा १० प्रतिशत छुट

एनआईसी एशिया र नर्भिक हस्पिटलबिच सम्झौता, बैंकका कर्मचारीलाई उपचारमा १० प्रतिशत छुट



काठमाडौं । एनआईसी एशिया बैंक र नर्भिक इन्टरनेसनल हस्पिटलबिच एक सम्झौता भएको छ ।

शनिबार एक कार्यक्रमकाबिच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकवर्गहरुलाई नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवामा १० प्रतिशतसम्म छुट दीने सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा बैंका चिफ मार्केटिङ अफिसर जयेन्द्र रावल र हस्पिटलको कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले हस्ताक्षर गरेका छन ।

बैंकले हाल २ सय ३७ शाखा, २ सय ३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर तथां १७ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL