Logo

सिटिजन्स बैंकको मेरो सिटिजन्स बचत खाता सार्वजनिक, ब्राण्ड एम्बेसडरमा मल्ल

सिटिजन्स बैंकको मेरो सिटिजन्स बचत खाता सार्वजनिक, ब्राण्ड एम्बेसडरमा मल्ल



काठमाडौं । सिटिजन्स बैंकले ‘मेरो सिटिजन्स बचत खाता’ सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको बचत खाता अन्तरर्गत १ सयमा नै खाता खोल्न सकिनेछ भने उक्त खाता मार्फत स्मार्ट मोबाईल बैंकिङ, अनलाईनकारोबार, निशुल्क भिसा डेबिड कार्ड, आश्वा सेवा लगायतका योजनाहरु रहेका छन ।

सोही अवसरमा बैंकले राष्ट्रिय क्रिकेट टिमका उप–कप्तान ज्ञानेन्द्र मल्ललाई ब्राण्ड एम्बेसडर घोषणा गरेको छ । मल्ललाई एक वर्षको लागि बैंकले अनुबन्ध गराएको हो ।

बैंकले ७९ शाखा, ७१ एटिएम र ९९ शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आई रहेको छ ।

त्यस्तै बैंकले ग्राहकहरुलाई आधुनिक बैंकिङ, बिभिन्न किसिमका निक्षेप तथा कर्जा, रेमिटान्स सेवा, बैंकान्स्योरेन्स लगायतका सेवा उपलब्ध गराउँदै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL