Logo

एनआईसी एशिया र रिलायन्स लाईफ बीच सम्झौता, सबै शाखा मार्फत बीमा खरिद

एनआईसी एशिया र रिलायन्स लाईफ बीच सम्झौता, सबै शाखा मार्फत बीमा खरिद



काठमाडौं । एनआईसी एशिया बैंक र रिलायन्स लाईफ इन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका सबैं शाखा मार्फत रिलायन्स लाईफको जीवन बीमा पोलिसी खरिद गर्न सक्नेछन ।

बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

बैंकले २ सय ३७ शाखा, २ सय ३० एटिएम, १४ एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आई रहेको छ ।

बैंकको वासलातको आकार १ अर्ब ८१ करोड रुपैयाँ भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।

बैंकको कुल कर्जा भने १ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL