Logo

सिभिल बैंकले कमायो साढे ६४ करोड खुद मुनाफा, खराब कर्जा अनुपात घट्यो

सिभिल बैंकले कमायो साढे ६४ करोड खुद मुनाफा, खराब कर्जा अनुपात घट्यो



काठमाडौं । सिभिल बैंक लिमिटेडले आर्थिक बर्ष २०७४ ७५ मा ६४ करोड ५० लाख खुद मुनाफा आर्जन गरेको छ । बैंकले आब २०७४ ७५ को वित्तिय विवरण सार्वजनिक गर्दै उक्त आवमा अघिल्लो आवको तुलनामा ८५ दशमलव २० प्रतिशतले खुद मुनाफा आर्जन गरेको जानकारी दिएको छ ।

बैंकले उक्त आवमा रियल स्टेट कर्जा भने अघिल्लो आवको तुलनामा ३ दशमलव ३९ प्रतिशतले घटेको बताएको छ । साथै उक्त आबमा बैंकले रियल स्टेट कर्जा जम्मा १ अर्ब ४३ करोड परिचालन गरेको हो ।

यसका साथै अघिल्लो आबको तुलनामा बैंकले आवास कर्जा भने ३१ दशमलव ७८ प्रतिशतले वृद्धि गरेको छ । बैंकले विदेशी विनिमय कारोबारबाट १६ अर्ब ९१ करोड रुपैयाँ आम्दानी गरेको छ ।

गत आबको तुलनामा निक्षेपमा १६ दशकलव ८८ प्रतिशतले बृद्धि गरी ४० अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा प्रवाह गत आबको तुलनामा ३३ दशमलव ७१ प्रतिशतले बृद्धि गरी ३९ अर्ब ४६ करोड गरेको छ ।

बैंकको खराब कर्जा अनुपात पनि ३ दशमलव ९८ प्रतिशतबाट घटेर २ दशमलव ६५ प्रतिशत भएको छ ।

बैंकले गत आबको तुलनामा कर्जा प्रवाहमा गरेको बृद्धि रकम ९ अर्व ९४ करोड तथा खुद मुनाफामा गरेको बृद्धि रकम २९ करोड ६७ लाख केही पुराना तथा ठूला बैंकहरु भन्दा पनि बढीे छ ।

प्रतिक्रिया दिनुहोस्
MBL