Logo

ज्योति विकास र कुमारी बैंकबीच सम्झौता, कुमारी बैंकको शाखा मार्फत रेमिट सेवा

ज्योति विकास र कुमारी बैंकबीच सम्झौता, कुमारी बैंकको शाखा मार्फत रेमिट सेवा



काठमाडौं । ज्योति विकास बैंक र कुमारी बैंकबीच रेमिट सेवा सम्झौता भएको छ ।

सम्झौता अनुसार ज्योति रेमिट सेवा कुमारी बैंकका शाखा मार्फत तथा कुमारी बैंकको रेमिटान्स सेवा ज्योति बैँकको शाखा मार्फत प्राप्त गर्न सकिनेछ ।

ज्योति विकास बैंकका प्रमूख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा कुमारी बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत उमेश सिह भण्डारीले सो सम्झौता पत्रमा मंगलबार हस्ताक्षर गरेका छन ।

ज्योति विकास बैंकले ६० वटा शाखा मार्फत सेवा प्रदान गर्दै आईरहेका छन भने चालु आर्थिक वर्ष भित्र थप ३० शाखा संचालनमा ल्याउने बैंकले जानकारी दिएका छन ।

सम्झौता पछि कुमारी बैंकको ८५ शाखा कार्यालयबाट ज्योति रेमिट मार्फत रकम पठाउन, भुक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिन्छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL