Logo

एनआईसी एशिया र प्रभु लाईफ इन्स्योरेन्स बीच सम्झौता, सबै शाखा मार्फत बीमा खरिद

एनआईसी एशिया र प्रभु लाईफ इन्स्योरेन्स बीच सम्झौता, सबै शाखा मार्फत बीमा खरिद



काठमाडौं । एनआईसी एशिया बैंक र प्रभु लाईफ इन्स्योरेन्स बीच सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकले बैंकको २ सय ३७ वटै शाखा मार्फत प्रभु लाईफ इन्स्योरेन्सको जीवन बीमा पोलिसी खरिद गर्न सक्नेछन ।

बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।

बैंकले २ सय ३७ शाखा, २ सय ३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आई रहेको छ ।

बैंकको वासलातको आकार १ अर्ब ८१ करोड रुपैयाँ भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।

बैंकको कुल कर्जा भने करिब १ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL