Logo

प्राईम बैंकले कमायो १ अर्ब ८९ करोड, खराब कर्जा उठौतीमा सुधार

प्राईम बैंकले कमायो १ अर्ब ८९ करोड, खराब कर्जा उठौतीमा सुधार



काठमाडौं । प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ८९ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आबको तुलनामा २८ प्रतिशतले बढि हो ।

बैंकले आब २०७३/७४ मा १ अर्ब ४६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । तर, नेपाल राष्ट्र बैंकको नियम अनुसार नाफा समायोजन नगर्दा एनएफआरयस अनुसार भने बैंकले चालू आबमा १ अर्ब ९४ करोड रुपैयाँ नाफा गरेको छ ।

बैंकको ब्याज आम्दानीमा बृद्धि तथा खराबकर्जा उठौतीमा सुधार भएसँगै समग्र रुपमा नाफा बढ्न गएको हो । असार मसान्तसम्ममा बैंकले ८१ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी ६९ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । ८ अर्ब ३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको सो बैंकको जगेडा कोषमा ३ अर्ब २९ करोड रुपैयाँ छ ।

सो अबधिमा बैंकले आफ्नो खराब कर्जा उठौतीमा पनि सुधार गरेको छ । हाल बैंकको खराबकर्जा कुल कर्जा प्रबाहको शुन्य दशमलव ६६ प्रतिशतमा झरेको छ । बैंकको प्रति सेयर आम्दानी भने २३ रुपैयाँ रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL