Logo

माच्छापुच्छ्रेको नाफा घट्दा एसबीआईले २८ प्रतिशतले बढायो, कसले कति कमायो

माच्छापुच्छ्रेको नाफा घट्दा एसबीआईले २८ प्रतिशतले बढायो, कसले कति कमायो



काठमाडौं । गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरेको दुई वाणिज्यमध्ये एकको नाफा घट्दा अर्कोले भने बढाएको छ । आजैमात्र वित्तीय विवरण सार्वजनिक गरेको माछापुच्छ्रे बैंकको नाफा अघिल्लो आर्थिक बर्षको तुलनामा गिरावट आएको छ भने एसबीआई बैंकको भने बढेको छ ।

आजैमात्र वित्तीय विवरण सार्वजनिक गरेको माछापुच्छ्रे बैंकको नाफा आर्थिक बर्ष २०७३/७४ को तुलनामा आब २०७४/७५ मा ७ प्रतिशतले घट्न पुगेको छ । बैंकले अघिल्लो आबमा १ अर्ब ३० करोड रुपैयाँ खुद मुनाफा गरेकोमा गत आबमा आईपुग्दा घट्दै १ अर्ब २१ करोड रुपैयाँमा सिमित भएको छ ।

सो अबधिमा बैंधकका ब्याजखर्च ८० प्रतिशतले बढ्दा ब्याज आम्दानी भने ४८ प्रतिशते बढ्न पुगेको छ । गत बर्ष भएको निक्षेपको उच्च ब्याजदरका कारण बैंकको नाफामा गिराव आएको हो ।

बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब १८ करोड रुपैयाँ छ । यसैगरी खराव कर्जा कुल कर्जा प्रबाहको शुन्य दशमलव ३८ प्रतिशत रहँदा स्प्रेड दर ४ दशमलव ७५ प्रतिशत छ । बकको प्रतिसेयर आम्दानी ८ रुपैयाँले घटेर १५ रुपैयाँमा झरेको छ ।

यसैगरी आजैमात्र वित्तीय विवरण सार्वजनिक गरेको एसबीआई बैंकको नाफा भने २ प्रतिशतले बढ्न पुगेको छ । बैंकले आर्थिक बर्ष २०७४/७५ मा १ अर्ब ९४ करोड रुपैयाँ नाफा गरेको छ । जुन अघिल्लो बर्षको तुलनामा ४२ करोड रुपैयाँले बढि हो ।

सो अबधिमा बैंकले कर्जा लगानीमा एग्रृसिभ देखिएको छ । गत आबमा बैंकले निक्षेप संकलन ३ प्रतिशते बढाउँदा कर्जा प्रबाह भने १८ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ । सो अबधिसम्म आईपुग्दा बैंकले ८४ अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन गरी ७४ अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ७१ करोड रुपैयाँ छ । खराव कर्जा कुल कर्जा प्रबाहको शुन्य दशमलव २० प्रतिशत पुग्दा प्रतिसेयर आम्दानी २३ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL