Logo

स्वदेशी लघुवित्तले पायो शतप्रतिशत हकप्रद निष्काशनको अनुमति, चुक्ता पूँजी २३ करोड पुग्ने

स्वदेशी लघुवित्तले पायो शतप्रतिशत हकप्रद निष्काशनको अनुमति, चुक्ता पूँजी २३ करोड पुग्ने



काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले शतप्रतिशत हकप्रद सेयर निष्काशनको लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले स्वदेशी लघुवित्तलाई १ सय प्रतिशत हकप्रद सेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

संस्थाको हालको चुक्ता पूँजी ११ करोड ५० लाख रुपैयाँ रहेको छ । हकप्रदसँगै संस्थाको चुक्ता पूँजी २३ करोड रुपैयाँ पुग्नेछ ।

स्वदेशीको हकप्रद निष्काशन तथा तथा बिक्री प्रवन्धक एनआइसी एशिया क्यापिटल रहेको छ ।

कम्पनीले गत आर्थिक वर्षमा ३ करोड ७७ लाख रुपैयाँ नाफा गरेको छ । यस्तै प्रति सेयर आम्दानी भने ३२ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL