Logo

शाखा विस्तारमा एग्रेशिभ हुँदै मुक्तिनाथ विकास बैंक, एकैदिन खोल्यो ५ नयाँ शाखा

शाखा विस्तारमा एग्रेशिभ हुँदै मुक्तिनाथ विकास बैंक, एकैदिन खोल्यो ५ नयाँ शाखा



काठमाडौं । मुक्तिनाथ विकास बैंकले एकैदिन ५ नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले बिहीबार महोत्तरीको बर्दीबास, रौतहटकोे चन्द्रनिगाहपुर , सुनसरीको इटहरी तथा इनरुवा र झापाको दमकमा गरी ५ नयाँ शाखा विस्तार गरेको हो ।

बैंकको उक्त शाखाहरुको उद्घाटन सोही जील्लाका विभिन्न प्रतिनिधी तथा मेयरले गरेका हुन ।

शाखा कार्यालयहरुको समुद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रद्युमन पोखरेल, स्थानीय जनप्रतिनिधीहरु, व्यापारी, कर्मचारी, समाजसेवी तथा भद्रभलाद्मीहरुको उपस्थिति रहेको बैंकले जानकारी दिएको छ ।

बैंकले हाल ९५ वटा शाखा, १५ वटा एटिएम र ३ लाख ७५ हजार ग्राहकलाई आधुनिक बैंकिङ, लघुवित्त बैंकिङ र ग्रामीण बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL