Logo

वाणिज्य बैंकलाई भारतीय मुद्रामा ऋण लिन बाटो खुला, यस्ता छन प्रकृया

वाणिज्य बैंकलाई भारतीय मुद्रामा ऋण लिन बाटो खुला, यस्ता छन प्रकृया



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक सर्कुलर जारी गर्दै वाणिज्य बैंकहरुलाई भारतीय मुद्रामा ऋण लिन पाउने बाटो खुला गरेको छ ।

चालु आर्थिक बर्षको मौद्रिक नितिमार्फत वाणिज्य बैंकहरुले कुल प्राथमिक पूँजीको २५ प्रतिशत रकमसम्म भारतीय मुद्रामा ऋण लिन पाउने व्यवस्था गरेको थियो ।

सोही व्यवस्था अनुरुप विदेशी विनिमय ऐन २०१९ को दफा १० ‘ख’ ले दिएको अधिकार प्रयोग गरी इजाजत प्राप्त गरेका वाणिज्य बैंकहरुले भारतस्थित बैंक तथा वित्तीय संस्थामार्फत ऋण लिन सक्नेछन ।

वाणिज्य बैंकहरुले जलविद्युत उत्पादन तथा विभिन्न विकास निर्माणका कार्यमा खर्च गर्नका लागि र कृषि क्षेत्र तथा लघुवित्त सँस्थामा कर्जा प्रवाह गर्नका लागि भारतीय बैंक तथा वित्तिय संस्थाबाट ऋण लिने सक्ने पनी राष्ट्र बैंकले जानकारी दिएको छ ।

उक्त ऋण १ बर्षदेखि ५ बर्षसम्मको न्युनतम अवधिको रहनुका साथै राष्ट्र बैंकले स्विकृत गरेमा नविकरण पनि गर्न सकिने छ । उक्त ऋण लिनको लागि बैंकले कुनै किसीमको धितो, जमानत तथा बैंक ग्यारेन्टी दिन नपाइने पनि बैंकले जारी गरेको सुचनामा उल्लेख छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL