Logo

एनआईसी एशियाको शाखारहित बैंकिङ सेवा तनहुँमा, बजार प्रतिनिधिमा रोविन श्रेष्ठ

एनआईसी एशियाको शाखारहित बैंकिङ सेवा तनहुँमा, बजार प्रतिनिधिमा रोविन श्रेष्ठ



काठमाडौं । एनआईसी एशिया बैंकले शाखारहित बैंकिङ शाखा विस्तार गरेको छ ।

बैंकले तनहुँको म्याग्दे गाउँपालिकाको जामुने बजारमा आपm्नो १६ औं शाखारहित बैंकिङ सेवा शुक्रबारदेखि संचालनमा ल्याएको हो ।

तनहुँ उद्योग वाणिज्य संघ दमौली इकाईका उपाध्यक्ष सुक नारायण मल्लको उपस्थीतिमा उदघाटन भएको उक्त शाखाको बजार प्रतिनिधिमा रोविन श्रेष्ठलाई नियुक्त गरेको छ ।

सो शाखा मार्फत ग्राहकले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, टेलिफोन, एडिएसएल, डिस होमको महसुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रहि कर्जा कारोवार गर्ने लगायतका कार्य गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

बैंकले २ सय ३५ शाखा, २ सय २४ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर तथा १६ शाखारहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आई रहेको छ ।

बैंकको वासलातको आकार १ अर्ब ७६ करोड रुपैयाँ भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब १ अर्ब २० करोड रुपैयाँ रहेको छ ।

कुल निक्षेप भने करिब १ अर्ब ४९ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL