Logo

मुक्तिनाथ विकास बैंकको शाखा सिन्धुलीको कमलामाईमा, शाखा संख्या ९५ पुग्यो

मुक्तिनाथ विकास बैंकको शाखा सिन्धुलीको कमलामाईमा, शाखा संख्या ९५ पुग्यो



काठमाडौं । मुक्तिनाथ विकास बैंकले सिन्धुलीको कमलामाईमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । बैंकले सोमबारबाट संचालनमा ल्याउने गरि कमलामाईको धुराबजारमा उक्त शाखा संचालनमा ल्याएको हो ।

उक्त शाखाको कमलामाई नगरपालिकाका मेयर खड्ग वहादुर खत्रीले उद्घाटन गरेका हुन ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले विकास बैंकले लिएको समावेशी वित्तीय पहुँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने जानकारी दिए ।

बैंकले हाल देशभरीका ९५ वटा शाखा, १५ वटा एटिएम बाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL