Logo

एनआईसी एशिया बैंकको क्युआर कोड संचालनमा, मोबाईल पे मार्फत भुक्तानी

एनआईसी एशिया बैंकको क्युआर कोड संचालनमा, मोबाईल पे मार्फत भुक्तानी



काठमाडौं । एनआईसी एशिया बैंकले ‘क्युआर कोड’ भुक्तानी संचालनमा ल्याएको छ ।

बैंकले ल्याएको यो सेवा बैंकको मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले प्रयोगमा ल्याउन सक्नेछन । ग्राहकले क्युआर कोड मार्फत मोबाईल पे तथा स्क्यान गरेर पनि भुक्तानी गर्न सक्ने छ ।

ग्राहकले यो सेवा लिन स्मार्ट फोन प्रयोग गरी यो एप डाउनलोड गर्ने र एप मार्फत क्युआर कोड प्रयोग गरी भुक्तानी दिन सकिने बैंकले जानकारी दिएको छ ।

बैंकले २ सय ३४ शाखा, २ सय २४ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर तथा १६ वटा शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकको वासलातको आकार १ अर्ब ७४ करोड रुपैयाँ भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब १ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।

बैंकको कुलकर्जा करिब १ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL