Logo

ज्योति विकास बैंकको १० औं बार्षिकोत्सव, सबै शाखाबाट सामाजिक उत्तरदायीत्वको कार्य

ज्योति विकास बैंकको १० औं बार्षिकोत्सव, सबै शाखाबाट सामाजिक उत्तरदायीत्वको कार्य



काठमाडौं । ज्योति विकास बैंक आफ्नो दशौं बर्ष पुरा गरी ११ औं बर्षमा प्रवेश गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै बैंकले आफ्नो १० औं बार्षिकोत्सव पनि मनाएको छ ।

उक्त बार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम संचालन गर्नुका साथै मुस्ताङ जिल्लामा भएको सवारी दुर्घटनामा आफ्नो श्रीमान सहित सबै परिवार गुमाएकी रोल्पा थवाङकी २१ वर्षिया लिलासरी पुन मगर रोका लाई बैंकमा रोजगारी समेत प्रदान गरेको छ ।

साथै उनी संग हाल बृद्ध सासु ससुरा र ५ वर्षे छोरा मात्र रहेकोले बच्चाको १२ कक्षा सम्मको पढाई लेखाई खर्च का लागि पनि सामाजिक उत्तरदायित्व कोषबाट व्यहोर्ने गरी निर्णय गरेको जानकारी दिएको छ ।

यसका साथै बैंकले देशभरीका आफ्ना शाखाहरुबाट विभिन्न किसीमका सामाजिक उत्तरदायीत्वमुलक कार्यक्रमहरु पनि गरेको जानकारी दिएको छ ।
बैंकले हाल मुलुक भरिमा ६० वटा शाखा संजाल तथा २० वटा एटीएम मार्पmत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL