Logo

मुक्तिनाथ विकास बैंक र पीयु बीच सम्झौता, उत्कृष्ट ५ जना विद्यार्थीलाई बैंकमा रोजगार

मुक्तिनाथ विकास बैंक र पीयु बीच सम्झौता, उत्कृष्ट ५ जना विद्यार्थीलाई बैंकमा रोजगार



काठमाडौं । मुक्तिनाथ विकास बैंक र पोखरा विश्वविद्यालय (पीयु) बीच सम्झौता भएको छ ।

बैंकको क्षेत्रीय प्रवन्धक बाबुराम ढकाल र पोखरा विश्वविद्यालय स्कूलअफ विजनेसका निर्देशक डा. रविन्द्र घिमिरेले हस्ताक्षर गरेका हुन ।

सम्झौता अनुसार बैंकलाई आवश्यक पर्ने दक्ष जनशक्ती पीयुका ५ जना जेहेन्दार विद्यार्थीलाई दक्षताका आधारमा रोजगारी दिने भएको छ ।

त्यसतै विद्यार्थीहरुलाई बिभिन्न बिधामा इन्टर्नशीप गर्न, बैंकिङ सम्बन्धी ब्यवहारीक ज्ञान दिने गरी सम्झौता भएको बैंकले जानकारी दिएको छ ।

सम्झौता पछि देशमा बढदै गएको वेरोजगारी सम्स्यालाई हल गर्न सहयोग पुुग्ने दुबै पक्षले विश्वास लिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL