Logo

एनएमबी बैंकले पायो डलरमा ऋण ल्याउन स्वीकृति, पूर्वाधार विकास लगानी

एनएमबी बैंकले पायो डलरमा ऋण ल्याउन स्वीकृति, पूर्वाधार विकास लगानी



काठमाडौं । एनएमबी बैंकले अन्तरराष्ट्रिय वित्त संगठन (आईएफसी)बाट डलरमा ऋण ल्याउने भएको छ । उक्त ऋण ल्याउनका नेपाल राष्ट्र बैंकले स्वीकृति दिएसँगै एनएमबी बैंकले ऋण ल्याउन लागेको हो ।

उक्त स्वीकृती अनुसार एनएमबी बैंकको योजना तथा क्षमतालाई हेरेर आईएफसीले बैैंकलाई लोन दिनेछ । सन २०१८ को अप्रीलमा आईएफसीको एक समुहले उक्त बैंकको अनुगमन गरेको थियो ।

सो अनुगमन अन्तरगत आईएफसीले बैंकको विस्तृत अध्ययन गर्नुका साथै विनियोजीत कोष लगायतको अध्ययन गरेको थियो । बैंकको कोषको राष्ट्रको हित हुनुका साथै ठुला लगनीका क्षेत्रमा लगानी गर्ने उद्देष्य रहेको थियो ।

बैंकले त्यसरी ल्याएको ऋण जलविद्युत, प्रशारणलाईन, राजमार्ग, सुरुङ, ठुला एयरपोर्ट लगायतका क्षेत्रमा लगानी गर्ने उक्त स्वीकृतीमा उल्लेख छ । यसका साथै बैंकले उद्योगहरुलाई मुख्य प्राथमिकतामा राख्ने पनि उक्त स्वीकृती पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL