Logo

३० प्रतिशतले बढ्यो सिटिजन्स बैंकको नाफा, यस्तो छ प्रति सेयर आम्दानी

३० प्रतिशतले बढ्यो सिटिजन्स बैंकको नाफा, यस्तो छ प्रति सेयर आम्दानी



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले आर्थिक बर्ष २०७४÷७५ मा आफ्नो नाफामा ३० पैतिशतले बृद्धि गरेको छ । बैंकले सो अबधिमा १ अर्ब ४० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आबमा १ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको ब्याजदर आम्दानीमा बृद्धि तथा खराब कर्जा उठौतीमा सफता मिलेसँगै नाफामा बृद्धि भएको बैंकद्वारा जारी वित्तीय विवरणले देखाएको छ । अघिल्लो आबमा बैंकको खराब कर्जा २ प्रतिशतभन्दा बढि रहेकोमा गत आबको अन्त्यसम्म आईपुग्दा १ दशमलव २५ प्रतिशतमा झार्न सफल भएको छ ।

सो अबधिमा बैंकको निक्षेप संकलन ५२ अर्ब रुपैयाँबाट बढेर ६१ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रबाह ४८ अर्ब ४४ करोड रुपैयाँबाट बढेर ५७ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ ।

बै.कको स्प्रेड दर ३ दशमलव ८४ प्रतिशत रहेको छ भने बैंकको प्रति सेयर आम्दानी १७ रुपैयाँ ५३ पैसा रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL