Logo

पुस मसान्तभित्र सबै प्रदेशमा बाणिज्य बैंकहरुले प्रादेशिक कार्यालय स्थापना गर्नुपर्ने, क्षेत्रिय कार्यालय प्रदेशमा परिणत

पुस मसान्तभित्र सबै प्रदेशमा बाणिज्य बैंकहरुले प्रादेशिक कार्यालय स्थापना गर्नुपर्ने, क्षेत्रिय कार्यालय प्रदेशमा परिणत



काठमाडौं । नेपाल राष्ट्र बैंकले पुस मसान्तभित्र सबै बाणिज्य बैंकहरुलाई प्रादेशिक रुपमा क्षेत्रिय कार्यालय स्थापना गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले सबै बाणिज्य बैंकहरुलाई हरेक प्रदेशमा १/१ वटा प्रादेशिक कार्यालय खोल्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले चालू आर्थिक बर्षको मौद्रिक नीतिमार्फत बाणिज्य बैंकहरुलाई हरेक प्रदेशमा १÷१ वटा क्षेत्रिय कार्यालय खोल्नुपर्ने कानुनी व्यवस्था गरेको थियो । राष्ट्र बैंकले सोही व्यवस्था अन्तरगत गत हप्ता सर्कुलर जारी गर्दै पुस मसान्तभित्रै हरेक प्रदेशमा क्षेत्रिय कार्यालन खोलीसक्नु पर्ने बताएको हो ।

राष्ट्र बैंकको निर्देशन अनुसार कुनै पनि बाणिज्य बैंकको यस अघि क्षेत्रिय कार्यालय भएका अवस्थामा उक्त कार्यालयलाई नै प्रादेशिक ढाँचामा परिणत गर्न सकिने जानकारी दिएको छ । तर, उक्त कार्यालयले आफ्नो प्रदेश अन्तरगतका शाखाहरुको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन लगायतका कामहरु गर्नुपर्ने छ । यसैगरी, प्रादेशिक कार्यालयले गुनासो सुनुवाईलगायतका काम समेत गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL