Logo

राष्ट्रिय वाणिज्य बैंक र नेको इन्स्योरेन्सबीच सम्झौता, बैंक धितोमा नेकोको इन्स्योरेन्स

राष्ट्रिय वाणिज्य बैंक र नेको इन्स्योरेन्सबीच सम्झौता, बैंक धितोमा नेकोको इन्स्योरेन्स



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेको इन्स्योरेन्स लिमिटेड बीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

बिहिवार एक कार्यक्रका बीच उक्त सम्झौता भएको हो । उक्त सम्झौताको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिलाले हस्ताक्षर गरेका हुन ।

उक्त सम्झौता पश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले आफ्नो धितो तथा अन्य सम्पत्तिहरुको बीमा नेको इन्स्योरेन्स लिमिटेडबाट गर्न सक्ने छन् ।
बैंकले हाल ७४ जिल्लामा २ सय ४ वटा शाखा कार्यालय, १ सय ३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङबाट सेवा दिदै आईरहेको छ ।
यसका साथै बैंकलेगत आबको असार मसान्तसम्म १ खर्व ६८ अर्व निक्षेप संकलन गरी १ खर्व २१ अर्व कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL