Logo

नेपाल इन्भेष्टमेण्ट बैंकले पायो युरोमनी एक्सिलेन्स पुरस्कार, उत्कृष्ट बैंक हुन सफल

नेपाल इन्भेष्टमेण्ट बैंकले पायो युरोमनी एक्सिलेन्स पुरस्कार, उत्कृष्ट बैंक हुन सफल



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक युरोमनी एक्सिलेन्स–उत्कृष्ट बैंक नेपाल २०१८ अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भएको छ ।

अंगे्रजी आर्थिक मासिक पत्रिका युरोमनीले हङकङमा एशियाका ५ सय बढी सहभागीका साथ एक समारोहमा बैंकका निर्देशक भुवनेश्वरप्रसाद शाहलाई उक्त पुरस्कार प्रदान गरेको हो । प्रदान गरेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले यो अवार्ड पहिलो पटक प्राप्त गरेको हो । सन् १९६९ मा पहिलो पटक प्रकाशित युरोमनी म्यागाजिनका शेयर होल्डरहरुले शुरु गरेका हुन ।

उक्त पुरस्कार, संस्थाको सेवा, सुविधा तथा वित्तिय अवस्थाका बारे विस्तृतमा अध्ययन तथा अनुसन्धान गरेपछिमात्र प्रदान गरिन्छ ।
यस बर्ष भने उक्त पुरस्कारका लागि १५ सयभन्दा बढी वित्तिय संस्थाहरुले राष्ट्रिय, क्षेत्रिय तथा विश्वव्यापी रुपमा सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL