Logo

राष्ट्र बैंकले गर्याे मुद्रा तथा धारक विनिमय पत्रको सीमा निर्धारण, विदेश जाँदा ५ हजार रुपैयाँ मात्रै बोक्न मिल्ने

राष्ट्र बैंकले गर्याे मुद्रा तथा धारक विनिमय पत्रको सीमा निर्धारण, विदेश जाँदा ५ हजार रुपैयाँ मात्रै बोक्न मिल्ने


रासस
27
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्रा तथा धारक विनिमय पत्रको सीमा निर्धारण गरेको छ ।

केन्द्रीय बैंकले सम्पत्ति निवारण ऐन, २०६४ को दफा २९ को (क) अनुसार कुनै पनि व्यक्तिले आफ्नो साथमा वा कार्गो, कुरियर, हुलाकमार्फत ५ हजार नेपाली वा अमेरिकी डलर ५ हजारसम्म बोक्न पाउने सीमा निर्धारण गरेको हो ।

आजदेखि लागू हुने सो नीतिअनुरुप नेपाली रुपैयाँ ५ हजारसम्म वा अमेरिकी डलर ५ हजारसम्म वा सो बराबरको विदेशी मुद्रा र धारक विनिमय अधिकारपत्र नेपालबाट विदेश लैजान र विदेशबाट नेपाल ल्याउन सकिने सीमा निर्धारण गरेको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले जानकारी दिए ।

कुनै पनि व्यक्तिले आफ्नो देशबाहिर जाँदा त्यस्तो मुद्रा वा धारक विनिमय अधिकारपत्रको विवरण भन्सार अधिकृत र कार्गो, कुरियर हुलाकमार्फत् भए सम्बन्धित कार्यालयसमक्ष तोकिएको ढाँचामा उद्घोष गर्नुपर्ने बैंकले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL