Logo

हाम्रो विकास बैंक ज्योति विकास बैंकमा गाभिदै, निक्षेप रकम साढे २० अर्ब पुग्ने

हाम्रो विकास बैंक ज्योति विकास बैंकमा गाभिदै, निक्षेप रकम साढे २० अर्ब पुग्ने



काठमाडौं । नुवाकोटस्थित कार्यक्षेत्र रहेको हाम्रो विकास बैंक ज्योति विकास बैंकमा गाभिने भएको छ । आईतबार एक कार्यक्रमका विच हाम्रो विकास बैंक ज्योति विकास बैंकमा गाभिने घोषणा गरिएको हो ।

ज्योति विकास बैंकका संचालक समितिका अध्यक्ष हरि चन्द्र खड्का तथा हाम्रो विकास बैंकका संचालक समितिका अध्यक्ष हरी प्रसादले सम्झौतामा हस्ताक्षर गरेका छन । उक्त एकिकृत बैंकको शेयर स्वाप अनुपात भने हाम्रो विकास बैंकको सम्पत्ती दायीत्व मूल्यांकन पश्चात आउने मूल्यलाई आधार मानी तय गरिने बैंकले जानकारी दिएको छ ।

ज्योति विकास बैंकको हालको चुक्ता पुंजी २ अर्ब ५९ करोड ३६ लाख रहेको रहेको छ । त्यस्तै हाम्रो विकास बैंकको चुक्ता पुंजी ४९ करोड २२ लाख रहेको छ ।
साथै हाम्रो विकास बैकको प्राप्ती पछि ज्योति विकास बैंकको कुल निक्षेप रकम करिब २० अर्ब ५० करोड कर्जा रकम करिब १७ अर्ब ५० करोड नाघ्नुका साथै शाखा संजाल ६७ पुग्नेछन ।
ज्योति विकास बैंकले यस अघि झिमु्रक विकास बैंकसंग मर्जर र राप्तिभेरि विकास बैंकसंग प्राप्ती प्रक्रिया सम्पन्न गरी एकिकृत रुपमा कार्य संचालन गरी सकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL