Logo

एनआईसी एशियाले एकैसाथ खोल्यो नयाँ २ शाखारहित बैंकिङ सेवा, सेवा संख्या १५ पुग्यो

एनआईसी एशियाले एकैसाथ खोल्यो नयाँ २ शाखारहित बैंकिङ सेवा, सेवा संख्या १५ पुग्यो



काठमाडौं । एनआईसी एशिया बैंकले २ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले आईतबार तनहूँको शुक्लागण्डकीस्थित साँखे बजारमा र व्यास नगरपालिकाको कलेस्तीमा उक्त सेवा संचालनमा ल्याएको हो । उक्त सेवापश्चात बैंकको शाखारहित बैंकिङ सेवा संख्या १५ पुगेको हो ।
बैंकले साँखे बजारमा संचालनमा ल्याएको सेवाको उद्घाटन शुक्ला गण्डकी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष राम चन्द्र भण्डारी तथा वडा नं. ११ का वडा अध्यक्ष दल बहादुर थापा ले संयुक्त रुपमा गरेका हुन । यसका साथै उक्त सेवाको प्रतिनिधिको रुपमा बैंकले मान बहादुर श्रेष्ठ लाई नियुक्त गरेको छ ।

यसैगरि बैंकले व्यास नगरपालिकाको कलेस्तीमा संचालनमा ल्याएको सेवाको उद्घाटन सोहि नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष सतिश चन्द्र न्यौपानेले गरेका हुन ।

साथै उक्त सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा सिकन्दर गुरुङलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL