Logo

सिटिजन्स बैंकको एकैसाथ ४ शाखा, थप ३ स्थानमा विस्तार गर्दै

सिटिजन्स बैंकको एकैसाथ ४ शाखा, थप ३ स्थानमा विस्तार गर्दै



काठमाडौं । सिटिजन्स बैंकले एकै साथ ४ शाखा विस्तार गरेको छ । बैंकले प्युठानको झिमरुक, पूर्व रुकुमको भूमे, हूम्लाको नाम्खा तथा अछामको ढकारीमा आइतबार शाखा संचालनमा ल्याएको हो ।

सबै नेपालीको बैंक खाता भन्ने नितिलाई अवलम्बन गर्दै शाखा संचालन्मा ल्याएको बैंकले जानकारी दिएको छ ।

बैंकले चालु आवमा नवलपरासीको भुमही, मकवानपुरको मनहरी, बर्दियाको बडैयाताल झापाको हल्दिबारी लगायत १४ शाखा संचालनमा ल्याईसकेको छ ।

कैलालीको मोहोन्याल, काठमाडौंको टोखा तथा थानकोटमा शाखा विस्तार गर्ने योजना रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले जानकारी दिएका छन ।

बैंकले ७८ शाखा, ७० एटिएम तथा ९९ वटा शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले ग्राहकहरुलाई विभिन्न किसिमका निक्षप तथा कर्जा सुविधा, रेमिटान्स सेवा, बैंकान्स्योरेन्स सेवा, आश्वा, ड्राफ्ट, भिसा एटिएम लगायतका सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL