Logo

एनआईसी एशिया बैंकको शाखा रहित बैंकिङ सेवा पर्वत र बर्दियामा, बजार प्रतिनिधिमा कुँवर र सुनार

एनआईसी एशिया बैंकको शाखा रहित बैंकिङ सेवा पर्वत र बर्दियामा, बजार प्रतिनिधिमा कुँवर र सुनार



काठमाडौं । एनआईसी एशिया बैंकले पर्वतको फलेवास र बर्दियाको बडैयातालमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले पर्वतको फलेवास नगरपालिकाको थापाठानामा र बर्दियाको बडैयाताल गाउँपालिकाको सितला बजारमा शुक्रबार देखी सेवा संचालनमा ल्याएको हो ।

शुक्रबार देखी संचालनमा ल्याएको थापाठाना शाखाको पर्वत जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा तथा बडैयाताल शाखाको बडैयाताल गाउँपालिका वडा नं. ८ का अध्यक्ष सुन्दरमान श्रेष्ठले उदघाटन गरेको हो ।

बैंकले बजार प्रतिनिधिको रुपमा श्रीमती कविता कुँवर र धनसिंह सुनारलाई नियुक्त गरेको छ ।

उक्त शाखा मार्फत ग्राहकले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने लगायतका सुविधा पाउने भएको छ । साथै

टेलिफोन, मोबाईल, एडिएसएल, डिस होमको महसुल भुक्तानी गर्ने, स्वीकृत सिमा भित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछन ।

बैंकले २ सय २६ शाखा, २ सय १९ एटिएम, १४ एक्स्टेन्सन काउण्टर तथा १३ वटा शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकको वासलातको आकार १ अर्ब ७६ करोड रुपैयाँ भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब १ अर्ब २० करोड रुपैयाँ र कुल निक्षेप करिब १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL