Logo

सोमबार साँझ ढिलासम्म बैंक खुला राख्न राष्ट्र बैंकको निर्देशन, उठ्ला त लक्ष्य अनुरुप राजस्व ?

सोमबार साँझ ढिलासम्म बैंक खुला राख्न राष्ट्र बैंकको निर्देशन, उठ्ला त लक्ष्य अनुरुप राजस्व ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सोमबार साँझ अबेरसम्म बैंक खुला राख्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले एक सुचना जारी गद बैंकहरुलाई सोमबार साँझ सम्म बैंक खोल्न निर्देशन दिएको हो ।

बैंकले आर्थिक वर्षको अन्तिम दिन सोमबार भएकाले सूचना जारी गर्दै क, ख र ग वर्गका बैंक, वित्तलाई ३२ गते सोमबार साँझ अबेरसम्म कारोबार गर्न निर्देशन दिएको हो ।

चालु आवको अन्तिम दिन भएकाले राजस्व असुली कार्यका लागि राष्ट्र बैंकले साँझ अबेरसम्म कारोबार गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो ।

सरकारले चालू आर्थिक बर्षको अन्त्यसम्ममा लक्ष्य अनुरुप राजस्व उठ्ने अनुमान गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL