Logo

राष्ट्रिय वाणिज्य बैकको शाखा डोल्पा र पर्सामा, शाखा संख्या २ सय नाघ्यो

राष्ट्रिय वाणिज्य बैकको शाखा डोल्पा र पर्सामा, शाखा संख्या २ सय नाघ्यो



काठमाडौं । राष्ट्रिय वाािणज्य बैंकले शुक्रबारबाट २ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले डोल्पा जिल्लाको मुड्केचुलास्थित इल निलदहमा र पर्सा जिल्लाको ठोरी स्थित सुवर्णपुरमा उक्त २ नयाँ शाखा सञ्चालनमा ल्याएको हो । उक्त २ नयाँ शाखा सञ्चालनमा ल्याएपश्चात बैंकका शाखा संख्या २ सय १ पुगेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सरकारको सबै स्थानीय तहमा बैंकको शाखा खोल्ने नीति अनुरुप रावा बैकले स्थानीय जनतालाई आधुनिक बैंकिङ सेवा प्रदान गर्ने गरि शाखा खोल्ने कार्यलाई प्राथमिकता दिएको जानकारी दिए ।

बैंकले हाल ७३ जिल्लामा २ सय १ वटा शाखा कार्यालय, १ सय ३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ ईकाइबाट सेवा प्रदान गर्दै आईरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL