Logo

सिटिजन्स बैंक र किष्ट मेडिकल कलेज बीच सम्झौता, अस्पतालको सेवामा विशेष छुट

सिटिजन्स बैंक र किष्ट मेडिकल कलेज बीच सम्झौता, अस्पतालको सेवामा विशेष छुट



काठमाडौं । सिटिजन्स बैंक र किष्ट मेडिकल कलेज बीच सम्झौता भएको छ ।

बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले र अस्पतालका कार्यकारी अध्यक्ष आशिष थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

सम्झौता पछि बैंकका डेबिट÷क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले मेडिकल कलेजमा उपचार गराउँदा बिशेष छुट पाउने भएको छ ।

बैंकले ७४ शाखा, ७० ए.टि.एम. र ९९ शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिटान्स सेवा, बैकान्स्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवव प्रदान गर्दै आईरहेको छ ।

साथै बैंकको कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL