Logo

मार्जिन लेण्डिङ २५ प्रतिशतमा झर्यो, बाणिज्य बैंकलाई पनि ब्रोकर लाईसेन्स

मार्जिन लेण्डिङ २५ प्रतिशतमा झर्यो, बाणिज्य बैंकलाई पनि ब्रोकर लाईसेन्स



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले सेयर धितोमा प्रबाह गर्ने कर्जाको सिमा घटाएको छ । बैंकले यस अघि प्राथमिक पुँजीको ४० प्रतिशतसम्म दिदै आएको कर्जा सिमालाई घटाएर २५ प्रतिशतमा झारेको छ ।

तर, मौद्रिक नीतिले सेयर बजारको दायरालाई फराकिलो बनाउन वाणिज्य बैंकलाई पनि सेयर ब्रोकर लाइसेन्स खुल्ला गरेको छ । यस अघि ५० वटा ब्रकेरले मात्र सेयर खरिदबिक्री गर्दै आएकोमा अबका दिनमा बाणिज्य बैंकले पनि उक्त काम गर्न सक्नेछन् ।

आर्थिक बर्ष २०७५/७६ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले वाणिज्य बैैंकको सहायक कम्पनीहरु मार्फत ब्रोकरको लाइसेन्स दिने बताएका हुन ।

यसका साथै उनले बैंक तथा वित्तिय संस्थाको अनिवार्य नगद मौज्दात (सिआरआर) घटेको पनि जानकारी दिएका छन । उनले बैंकको पहिले रहँदै आएको सिआरआर सिमा घटाएका हुन ।

यसअघि वाणिज्य बैंकको सिआरआर सिमा ६ प्रतिशत थियो । यसका साथै विकास बैंकको ५ तथा फाइनान्स कम्पनीको ४ प्रतिशत सिआरआर सिमा रहेको थियो । उनले सिआरआर घट्दा ४८ अर्ब रुपैयाँ प्रवाह हुने पनि जानकारी दिएका

प्रतिक्रिया दिनुहोस्
MBL