Logo

एनआईसी एशियाको एकै साथ ३ शाखा विस्तार, समेटियो झापा र दाङ

एनआईसी एशियाको एकै साथ ३ शाखा विस्तार, समेटियो झापा र दाङ



काठमाडौं । एनआईसी एशिया बैंकले एक साथ ३ शाखाकार्यालय विस्तार गरेको छ ।

बैंकले झापाको गौरीगञ्ज, सुरुङगा तथा बर्दियाको भुरीगाँउमा आइतबार शाखा विस्तार गरेको हो ।

त्यसतै बैंकले दाङको सिसहनिया शाखाको सोमबार राप्ती गाँउपालिकाका अध्यक्ष नुमानन्द सुवेदी तथा सिसहनिया उद्योग वाणिज्य संघका अध्यक्ष पुर्ण बहादुर बुढाथोकीले संयुक्त उदघाटन गरेको बैंकले जानकारी दिएको छ ।

बैंकले २ सय २५ शाखा, २ सय १८ एटिएम, १४ एक्सटेन्सन काउण्टर तथा ११ वटा शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकको वासलातको आकार १ अर्ब ७८ करोड रुपैयाँ भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । बैंकको कुल कर्जा करिब १ अर्ब २० करोड रुपैयाँ रहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्नाग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL