Logo

मनाङ र मुस्ताङमा प्रभु बैंकको शाखा, आर्थिक विकासमा सहयोग पुर्याउँदै

मनाङ र मुस्ताङमा प्रभु बैंकको शाखा, आर्थिक विकासमा सहयोग पुर्याउँदै



काठमाडौं । प्रभु बैंकले मनाङ र मुस्ताङमा शाखा विस्तार गरेको छ ।

बैंकले मनाङको नाशोङ गाउँपालिका ३ धारापानीमा नाशोङ शाखा र मुस्ताङको थासाङ गाउँपालिका २ कोबाङमा थासाङ शाखा सोमबार देखी सञ्चालनमा ल्याएको छ ।

मनाङको नाशोङ शाखाको नाशोङ गाउँपालिकाका अध्यक्ष चन्द्र घले र मुस्ताङको थासाङ शाखाको थासाङ गाउँपालिकाका अध्यक्ष बुद्धि प्रसाद शेरचनले उदघाटन गरेका हुन ।

मनाङ र मुस्ताङमा सञ्चालनमा आएको बैंकको शाखाबाट त्यहाँका स्थानीय सेवाग्राही, सर्वसाधारण, फर्म, कम्पनी तथा संघ संस्था तथा गाउँपालिकाको समग्र आर्थिक विकासमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL