Logo

एनआईसी एशिया र प्रुडेन्सियल इन्स्योरेन्स बीच सम्झौता, सबै शाखाबाट बीमा गर्न सकिने

एनआईसी एशिया र प्रुडेन्सियल इन्स्योरेन्स बीच सम्झौता, सबै शाखाबाट बीमा गर्न सकिने



काठमाडौं । एनआईसी एशिया बैंक र प्रुडेन्सियल इन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकले देशभर रहेको २ सय २५ शाखाबाट प्रुडेन्सिल इन्स्योरेन्स कम्पनीको निर्जिवन बीमा खरिद गर्न पाउने भएको छ ।

सम्झौता पत्रमा बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बीर कृष्ण मर्हजनले हस्ताक्षर गरेको छ ।

बैंकले २ सय २५ शाखा, २ सय १८ एटिएम, १४ एक्सटेन्सन काउण्टर तथा ११ शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकको वासलातको आकार १ अर्ब ७६ करोड रुपैयाँ भन्दा बढीपुगेको छ भने कुल निक्षेप करिब १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । बैंकको कुलकर्जा करिब १ अर्ब २० करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL