Logo

सनराईज बैंकद्धारा अनलाइन कारोवार सुरु, सेवा सुचारु गर्न बैंकमा सम्पर्क गर्नु पर्ने

सनराईज बैंकद्धारा अनलाइन कारोवार सुरु, सेवा सुचारु गर्न बैंकमा सम्पर्क गर्नु पर्ने



काठमाडौं । सनराईज बैंकले भेरीफाईड बाई भिसा (भिबीभि) सेवा संचालनमा ल्याएको छ ।

भिबीभि सेवा मार्फत ग्राहकले बैंकको कुनै पनि भिसा डेविट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरि इन्टरनेट मार्फत भुक्तानी गर्न सकनेछ ।

भुक्तानी गर्दा बैंकमा दर्ता गरिएको मोवाइल तथा ईमेलमा पासवर्ड प्राप्त गर्नेछन र सोही पासवर्ड मार्फत मात्र कारोवार गर्न सकिनेछ ।

बैंकको आफ्नो कुनै पनि भिसा डेविट कार्ड तथा क्रेडिट कार्डमा भिबीभि सेवा संचालनका लागि ग्राहकले नजिकको शाखा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।

बैंकले ८८ शाखा, २२ शाखारहित बैंकिङ सेवा ३ एक्सटेन्सन काउण्टर तथा ९९ वटा ए.टि.एम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL