Logo

जनता बैंकको जुम्लामा ३ दिने स्वास्थ्य शिविर, ११४५ जनाको स्वस्थ्य परीक्षण

जनता बैंकको जुम्लामा ३ दिने स्वास्थ्य शिविर, ११४५ जनाको स्वस्थ्य परीक्षण



काठमाडौं । जनता बैंकले हुम्लामा ३ दिने स्वास्थ्य शिविर तथा आँखा शिविर सम्पन्न गरेको छ ।

बैंकले सञ्चालन गरेको शिविरमा आँखा परिक्षण तथा मोतिबिन्दुको अपरेशन, स्त्री तथा प्रसूती रोग र सामान्य स्वास्थ्य परिक्षण गरेको थियो ।

बैंकले आफ्नो संस्थागत सामाजि उत्तरदायित्व अन्तरगत संचालन गरेको उक्त शिविरमा १ हजार १ सय ४५ जनाको स्वास्थ्य परीक्षण गर्नुका साथै ४९ जनाको मोतिबिन्दुको निःशुल्क अपरेशन गरिएको थियो । विरामीलाई आवश्यक औषधि र चस्मा समेत निःशुल्क वितरण गरिएको बैंकले जानकारी दिएको छ ।

नेपाल नेत्र ज्योती संघ, हिमालय आँखा अस्पताल, पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न गरिएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL