Logo

मुक्तिनाथ विकास बैंक र रिद्धि सिद्धि ज्वेलर्स बीच सम्झौता, कार्ड मार्फत गहना बनाउँदा २० प्रतिशतसम्म छुट

मुक्तिनाथ विकास बैंक र रिद्धि सिद्धि ज्वेलर्स बीच सम्झौता, कार्ड मार्फत गहना बनाउँदा २० प्रतिशतसम्म छुट



काठमाडौं । मुक्तिनाथ विकास बैंक र रिद्धि सिद्धि ज्वेलर्सबीच एक सम्झौता भएको छ ।

मुक्तिनाथ बैंकको भिसा डेविट कार्ड प्रयोग गर्ने ग्राहकहरुलाई सुनको गहना बनाउदा वा खरीद गर्दा २० प्रतिशत तथा हिराको गहनामा १५ प्रतिशत सम्म छुट दिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकका बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र रिद्धि सिद्धि ज्वेलर्सका ग्राहक सेवा तर्फका प्रवन्धक अजय अधिकारीले हस्ताक्षर गरेका छन ।

मुक्तिनाथ विकास बैंकले हाल ८२ वटा शाखा, १३ वटा एटिएम बाट सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL