Logo

सनराइज बैक र पशुपति क्षेत्र विकास कोष बीच सम्झौता, बैंकले टिकट काउण्टर संचालन गर्ने

सनराइज बैक र पशुपति क्षेत्र विकास कोष बीच सम्झौता, बैंकले टिकट काउण्टर संचालन गर्ने



काठमाडौं । सनराइज बैंक र पशुपति क्षेत्र विकास कोष बीच सम्झौता भएको छ । बैंकले शुक्रबार एक कार्यक्रमका बीच पशुपति क्षेत्र विकास कोषसंग पर्यटक प्रवेश काउन्टर सन्चालन सम्बन्धी सम्झौता गरेको हो ।

बैंकले उक्त सम्झौता पश्चात पशुपति क्षेत्र विकास कोषसंग सहकार्य गरेर पशुपति क्षेत्रका विभिन्न प्रवेश स्थानमा प्रवेश काउन्टर संचालन गर्ने भएको छ ।

उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र पशपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले हस्ताक्षर गरेका हुन ।

बैंकले क्रमशः तिलगंगा पर्यटक काउण्टर, वत्सलेश्वरी पर्यटक काउण्टर, महास्नान घर अगाडी रहेको पर्यटक काउण्टर र गुहेश्वरीमा अवस्थित पर्यटक काउण्टर समेत गरी ४ स्थानका पर्यटक प्रवेशद्वारमा पर्यटक प्रवेश काउण्टर राखी टिकट बिक्री गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL