Logo

मुक्तिनाथ विकास बैंक र दीर्घायु अस्पताल बीच सम्झौता, उपचारमा १५ प्रतिशतसम्म छुट

मुक्तिनाथ विकास बैंक र दीर्घायु अस्पताल बीच सम्झौता, उपचारमा १५ प्रतिशतसम्म छुट



काठमाडौं । मुक्तिनाथ विकास बैंक र दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टरबीच एक सम्झौता भएको छ । विहिबार एक कार्यक्रमका बीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रवन्ध निर्देशक सुरज बलया श्रेष्ठले हस्ताक्षर गरेका हुन ।

उक्त सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टर, मित्रपार्कमा उपचार गराउँदा तोकिएका सेवा शुल्कमा १० प्रतिशत छुट पाउने र अन्य स्वस्थ्य सेवामा १५ प्रतिशत छुट पाउने व्यवस्था बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL